दफा ४६४
पारित गराउनु पर्ने लिखत

(१) कसैले देहाय बमोजिमको लिखत गर्दा त्यस्तो लिखत सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ :–
(क) कुनै पनि व्यहोराले अचल सम्पत्ति हस्तान्तरण गरी दिएको लिखत,
(ख) भोग, दृष्टि वा लखबन्धकी लेखिदिएको लिखत,
(ग) अचल सम्पत्तिको शेषपछिको दान वा बकसपत्र,
(घ) अचल सम्पत्ति सट्टापट्टा गरेको लिखत,
(ङ) अंशबण्डा वा अंश छोडपत्रको लिखत,
(च) मानो छुट्टिएको वा मानो जोडिएको लिखत,
(छ) गुठी स्थापना गरेको लिखत,
(ज) मासिक एक लाख रूपैयाँभन्दा बढी घर बहाल लिनु दिनु गरेको लिखत,
(झ) अचल सम्पत्ति फलोपभोग भएको लिखत,
(ञ) यस संहिता वा कानून बमोजिम पारित गर्नु पर्ने अन्य लिखत ।
(२) कसैले उपदफा (१) बमोजिम पारित गर्नु पर्ने लिखत पारित नगराएमा त्यस्तो लिखतले कानूनी मान्यता पाउने छैन ।